काबुल विमानस्थल बाहिर विष्फोटमा ६० जनाकाे मृत्युु

काबुल ।
अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विष्फोट हुँदा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटमा परेर १२० भन्दा बढी घाइते भएको जनाइएको छ । विष्फोट बिहीबार साँझ भएको हो ।
अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिँदै आएको थियो । विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेकाे हुनसक्ने अनुमान गरिएको छ। बीबीसी
Facebook Comments Box
