पाकिस्तान तालिबानको दोस्रो घरः तालिबान

काबुल । तालिबानका प्रवक्ता जबीबुल्लाह मुजाहिदले पाकिस्तान तालिबानको दोस्रो घर भएको बताएका छन् । पाकिस्तानी न्युज वेबसाइट एआरवाई न्युज टिभीका अनुसार मजाहिदले बुधबार राति पाकिस्तान आफ्नो दोस्रो घर भएको र आफ्नो घरको विरुद्ध संकट आउन नदिने बताएका छन् ।
एआरवाई न्युजको एक विशेष अन्तर्वार्तामा मुजाहिदले अफगानिस्तानमा चरमपन्थी सगठनको उपस्थिति, भारतमा कश्मीर र इस्लामिक स्टेट र भारत पाकिस्तान सम्बन्धबारे आफ्नो भनाइ राखेका छन् ।
अफगानिस्तानमा स्लामिक स्टेट र पाकिस्तानको मुद्दामाथि उनले भनेका छन्, ‘हामीले अरुको निम्ति आफनो जमिन गुमाउने छैनौँ, न त कसैलाई आफ्नो जमिन प्रयोग गर्न दिनेछौँ । यसबारे हाम्रो स्पष्ट नीति बनिसकेको छ । पाकिस्तान हाम्रो दोस्रो घर भएकोले अब हामी एकसाथ अघि बढ्नेछौँ ।’
Facebook Comments Box
