इण्डियन एयरफाेर्सकाे विमानले अफगानिस्तानबाट थप ११ नेपालीलाई नयाँदिल्ली ल्यायो

सेयर गर्नुहोस


नई दिल्ली ।
अफगानिस्तानबाट बिहीबार ११ जना नेपालीलाई उद्धार गरेर इण्डियन एयरफाेर्सकाे विमानले नयाँदिल्ली ल्याएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूलाई काबुलबाट उद्धार गरेर नयाँदिल्ली ल्याइएको हो। काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीलाई एकीकृत गरी काबुल विमानस्थलनजिक राखिएको पनि परराष्ट्रले जनाएको छ।

विमानस्थलबाहिर जम्मा भएको भिडका कारण एकीकृत गरिएका उनीहरूलाई विमानसम्म पुर्‍याउनका लागि विभिन्न तहमा समन्वय भइरहेको छ।
अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन र नयाँदिल्लीमा रहेकाहरूलाई काठमाडौं ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको जारी विज्ञप्तिमा उल्लेख छ। काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन–अवतरण हालसम्म पनि खुलिसकेको छैन।

Facebook Comments Box