मिसन सुकुन : भारतले अफगानिस्तानमा फसेका नेपालीहरुको उद्दार गर्न अपरेसन जारी राखेकाे

सेयर गर्नुहोस


काठमाडौं । हालै भारतले असल छिमेकीकाे परिचय दिदै तालिवानी द्वन्द्वग्रस्त अफगानिस्तानमा अलपत्र नेपालीको उद्धार गर्यो ।
आफ्ना नागरिकको उद्धार गर्ने क्रममा भारतले छिमेकी नेपालका नागरिक पनि उद्धार गरेर नयाँदिल्ली ल्यायो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले रोटीबेटीको सम्बन्ध भएको छिमेकी र मानवीयताको नाताले नेपाली नागरिकलाई उद्धार गरेको उल्लेख गरे ।

अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई अमेरिकासँगै भारतले पनि उद्धार गरिरहेको छ । अझै पनि उद्धार कार्य चलिरहेको छ । भारतीय विमानले नेपालीको पनि उद्धार गरिरहेको छ ।

सामाजिक, सांस्कृतिक, जनस्तरको सम्बन्धले निकट दक्षिण छिमेकी भारतले नेपाली नागरिक उद्धार गरेको यो पहिलोपटक भने होइन । कोभिड १९ महामारी संक्रमणका बेला पनि विश्वका विभिन्न देशका फसेका नेपालीलाई भारतले उद्धार गरेको थियो । परदेशमा रहेका आफ्ना नागरिक ल्याउने क्रममा भारतीय विमानले नेपालीलाई पनि उद्धार गर्ने गरेको छ ।

तर यी सबै काम अपरेशन सुकून अन्तर्गत हुने गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । परदेशमा जब जब भारतीय होस् वा नेपाली संकटमा पर्छ तब तब अपरेशन सुकून सक्रिय हुन्छ । उद्धार गर्छ ।

अपरेसन सुकून २००६ को लेबनान युद्धका क्रममा सुरु भएको हो । भारतीय नौसेनाले द्वन्द्वग्रस्त क्षेत्रमा फसेका भारतीय, श्रीलंकाली र नेपाली नागरिक तथा भारतीय-लेबनानी नागरिकको उद्धारका लागि सुरु गरेको एक अपरेशन थियो । जुन आजपर्यन्त चलिरहेको छ ।

अपरेसन सुकून अन्तर्गत लेबनानबाट २२८० जनाको उद्धार गरिएको थियो । जसमा १७६४ भारतीय, ११२ जना श्रीलंकाली, ६४ जना नेपाली र भारतीय महिलासँग विहे गरेका ७ जना लेबनानी नागरिक थिए ।

भारतले त्यतिबेला जोखिममा परेका अन्य मित्र राष्ट्रका नागरिकलाई शिष्टाचारका रुपमा उद्धार गरेको थियो । दोस्रो विश्वयुद्धपछिको यो सबैभन्दा ठूलो उद्धार अभियान थियो । जो आज पनि निरन्तर सक्रिय छ ।

भारतले लेबनान मात्र होइन इरान, सिरिया, युक्रेन लगायत गृहयुद्धमा फसेका देशबाट पनि आफ्ना नागरिकसँगै नेपालीको पनि उद्धार गरेको छ । जो काबुलसम्म आइपुग्दा जारी छ । जसले बलियो मित्रताको प्रमाण पेस गरेको छ । एजेन्सीबाट

Facebook Comments Box