भारतले काबुलबाट गर्यो नेपाली नागरिकको उद्धार
काबुल । दक्षिण छिमेकी भारतले तालिवानले सत्ता कब्जा गरेको अफगानिस्तानको काबुलबाट नेपाली नागरिकको उद्धार गरेको छ । अफगानिस्तानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने क्रममा नेपाली नागरिकको पनि उद्धार गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले एआई १९५६ विमानमा ८७ भारतीय नागरिकसँगै दुई जना नेपालीको पनि उद्धार गरिएको जानकारी दिएका छन् ।भारतीय विमान ताजिकिस्तान हुँदै नयाँदिल्ली आएको हो । यसअघ अमेरिकाले पनि सयौं नेपाली नागरिकको उद्धार गरेको छ ।
Facebook Comments Box
