प्रहरीकै संलग्नतामा पत्रकारलाई लागुऔषध कारोबारमा फसाएको घटनाप्रति महासंघको ध्यानाकर्षण

सेयर गर्नुहोस

काठमाडौं ।
पत्रकारको मोटरसाइकलमा प्रहरीले लागुऔषध राखिदिएर पक्राउ गरेको घटनाप्रति पत्रकार महासंघ नेपालले ध्यानाकर्षण भएको जनाएको छ। रौतहटका पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट ट्याब्लेट राखेर उनी र उनका चालकलाई पक्राउ गरिएकोप्रति महासंघको ध्यानाकर्षण भएको हो।

२०७८ साउन ३२ गते राति एक होटेल अगाडि रोकी राखेको पत्रकारको मोटरसाइकलमा नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायत र अन्य व्यक्तिहरूको संलग्नतामा लागुऔषध राखिएको सिसिटिभी फुटेजमा देखिएको रौतहट शाखालाई उदृत गर्दै महासंघले जनाएको छ।

जिम्मेवार निकायबाट यस किसिमको कार्य हुनु अत्यन्त दुःखद् र निन्दनीय भएको भन्दै महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

Facebook Comments Box