भारतमा इनर्जीको नयाँ विद्युतीय स्कुटर सार्वजनिक

एजेन्सी ।
भारतमा सिम्पल इनर्जीको नयाँ विद्युतीय स्कुटर सिम्पल वान इ–स्कुटर सार्वजनिक भएको छ। सिम्पल इनर्जी भारतस्थित बैंगलोरको विद्युतीय सवारी निर्माण स्टार्टअप हो। ओलाको विद्युतीय स्कुटर सार्वजनिक भएको केही दिनमै सिम्पल इनर्जीले पनि आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो।
सिम्पल वान विद्युतीय स्कुटरमा लिथियम आयन ब्याट्री प्याकमा उपलब्ध हुनेछ। यो ब्याट्री जम्मा ६ किलोग्रामको हुन्छ। कतै जादाँ यो बोक्न सजिलो र हलुका पनि हुने कम्पनीले बताएको छ। सिम्पल वानलाई घरमै चार्ज गर्न पनि सकिन्छ। कम्पनीका अनुसार यसले अबको तीनदेखि सात महिनाभित्र देशभर तीन सय सार्वजनिक ठाउँमा चार्जिङ पोर्ट पनि स्थापन गर्नेछ।
नयाँ सिम्पल वान विद्युतीय स्कुटरले एक पटकको चार्जमा २ सय ३ किलोमिटरदेखि २ सय ३६ किलोमिटरसम्मको माइलेज दिन्छ। यसको टप स्पिड १०५ किलोमिटर प्रति घण्टाको छ भने ० देखि ५० किलोमिटरसम्मको रफ्तारमा पुग्न यसलाई जम्मा ३।६ सेकेन्ड लाग्छ। स्कुटरले ४।५ किलोवाट पावर र ७२ एनएमको टर्क जेनेरेट गर्छ।
