रेशम चाैधरीसहित महन्थ ठाकुरको नेतृत्वमा जसपा दर्ता

काठमाडौं ।
थुनामा रहेका थारु नेता रेशम चाैधरीसहित २४ जना कार्यकारिणी सदस्य रहेकाे महन्थ ठाकुर नेतृत्वमा जनता समाजबादी पार्टी नेपाल (लोकतान्त्रिक) नामकाे नया पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपाको ठाकुर पक्ष नयाँ पार्टी दर्ताको लागि बुधबार आयोग पुगेको हो ।
नव गठत पार्टीको चुनाव चिन्ह साइकल कायम गरिएको छ। जसपा लाेकतान्त्रिक पार्टीको आयोगमा दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने वरिष्ठ नेता महतोले जानकारी दिए ।

Facebook Comments Box
