भारतकाे स्वतन्त्रता दिवसमा प्रधानमन्त्री देउवाले दिए माेदीलाई बधाई

काठमाडौं, साउन ३१।
प्रधानमन्त्री शेरबहादुर देउवाले ७५ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्। आइतबार प्रधानमन्त्री देउवाले ट्विटरमार्फत् मोदीलाई बधाई तथा शुभकामना दिएका हुन्।
उनले लेखेका छन्,’भारतको ७५ औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई बधाई! उत्तरोत्तर प्रगति र समृद्धिको लागि शुभकामना।’
तत्कालीन ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएको उपलक्ष्यमा भारतमा हरेक वर्ष अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाइन्छ।
Facebook Comments Box
