अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं ।
अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिले निर्देशन दिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको हवाई तथा अन्य माध्यमबाट तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो ।
विभिन्न देशले अफगानिस्तानमा रहेका आफ्ना नागरिकको उद्धार गरिरहेका छन् । तालिवान समूह हतियारसहित अफगानिस्तानको राजधानी काबुल छिरेको छ। अफगानिस्तानमा सरकारी सेना र तालिवान लडाकुबीच पछिल्लो समय निरन्तर भिडन्त भइरहेको छ ।
Facebook Comments Box
