पाकिस्तानी स्वतन्त्रता दिवसका दिन भारतले ‘विभाजन विभीषिका स्मृति दिवस’ मनाउन

काठमाडौँ । पाकिस्तानको स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने अगस्ट १४ लाई भने ‘विभाजन विभीषिका स्मृति दिवस’ मनाउने घोषण गरेका छन् ।
बिहीबार अगस्ट १४ का दिन पाकिस्तानले स्वतन्त्रता दिवस मनाइरहेको छ । भारतले अगस्ट १५ मा स्वतन्त्रता दिवस मनाउँछ भने त्यसको एक दिनपहिले पाकिस्तानले स्वतन्त्रता दिवस मनाउँछ ।
विभाजनबाट स्थिापित हुने र संघर्ष तथा बलिदानीको सम्झनामा भारतले उक्त दिवस मनाउने मोदीको भनाइ छ ।
तत्कालीन ब्रिटिस इन्डिया सरकारको अन्त्यसँगै भारत दुई मुलुकका रुपमा विभाजित भएको थियो । धर्मका आधारमा त्यतिबेला पाकिस्तान छुट्टै मुलुक बनेको थियो । विभाजनका क्रममा मच्चिएको हिंसाका क्रममा करिब २० लाखको मृत्यु भएको थियो भने दुवैतर्फ गरी झन्डै २ करोड मानिस विस्थापित भएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार ट्विट गर्दै भनेका छन्, ‘मुलुक विभाजनको पीडा कहिल्यै बिर्सन सकिँदैन । घृणाा तथा हिंसाका कारण हाम्रा लाखौं दिदीबहिनी तथा दाजुभाइ विस्थापित भए । कतिले ज्यानसमेत गुमाए । तिनै व्यक्तिको संघर्ष तथा बलिदानको यादमा अगस्ट १४ लाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रुपमा मनाउने निर्णय लिइएको छ ।’
