चीनले कोभिड १९ को उत्पत्तिबारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई अनुमति नदिने भनेको छ । चीनको भनाईमा यो जांच राजनीतिक रूपबाट प्रेरित देखिन्छ। मिडियासँग कुरा गर्दै चीनका उप विदेशमन्त्री झाओक्सुले भने कि हामी वैज्ञानिक ट्रेसिंगको समर्थन गर्दछौं तर राजनीतिक ट्रेसिंगको विरोध गर्दछौं।

कोरोना भाइरस संक्रमणको पहिलो केस २०१९ को अन्तमा चिनकै वुहानमा भेटिएको थियो । यस पछि यो एउटा महामारीको रूप लिएको हो । यो खतरनाक कोरोना भाइरस रोगको कारण अहिले सम्म ४३ लाख भन्दा धेरै मानिसहरु मरेका छन्।
चीनले २९ देश ३१ जना प्रतिनिधिहरुको ब्रीफिंगमा भने कि विश्व स्वास्थ्य संगठनका सदस्य देशहरुसंग परामर्श नगरी कोरोना उत्पत्तिको अर्को चरणको अनुसन्धान गर्ने प्रस्ताव ल्याएको छ जुन कि चीनलाइ मन्जुर नहुने बताएको छ ।
चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वासँग कुरा गर्दै मा ले भने कि चीनले विश्व स्वास्थ्य संगठनको अनुगमन र पूरक अनुसन्धान जारी राखेको छ। COVID परीक्षणको अर्को चरण वैज्ञानिकहरु द्वारा मात्र हुनु पर्छ । चिनले कोविड कहाँबाट आयो भनेर पत्ता लगाउन सहयोग गरिरहेको छ। तर हामी अनुसन्धानको राजनीतिकरणलाई अस्वीकार गर्दैछौं।
वुहान प्रयोगशालाबाट कोरोना भाइरस चुहावट ?

चीनले अमेरिकालाई तथ्यका बावजुद विज्ञानको विरोध गरेको आरोप लगाएको छ। यसअघि जूनमा चीनले कोरोनाभाइरसको अध्ययन योजना अस्वीकार गर्दै भनिएको थियो कि यसले सहि निर्णयको नगरेको भन्यो । वुहानको एक प्रयोगशालाबाट कोरोना भाइरस लीक भएको भन्दै चीनले लगातार अन्तर्राष्ट्रिय मतको कडा विरोध गरेको छ।
विश्व स्वास्थ्य सगठनको एक टोली जनवरी २०२१ मा वुहान आइपुग्यो र कोरोना भाइरसको उत्पत्ति पत्ता लगायो । तर यो टोली भाइरस कहाँबाट शुरु भयो र फैलियो भन्ने बारेमा कुनै निर्णयमा पुग्न सकेन। वुहानबाट फर्किएपछि यस अनुसन्धान टोलीका धेरै सदस्यहरुले चीनले अनुसन्धानमा उचित सहयोग नगरेको बताएका थिए । विश्व स्वास्थ्य संगठनले सबै सरकारहरुलाई कोरोना भाइरसको महामारीको उत्पत्ति को अध्ययनमा छिटो र सहयोग गर्न अपील गरेको छ। अहिले सम्म चीनले राम्रोसङ चीनले सहयोग नगरेको कारण कोरोना भाईरस उत्पति बारेमा पत्ता नलागेको बताएको हो ।