कामु प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता
![]()
काठमाडौँ । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । ‘यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
Facebook Comments Box
