कम्युनिस्टभन्दा कांग्रेस संस्कारी

काठमाडौँ । एमालेको विवाद समाधानका लागि दोस्रो र तेस्रो तहका नेताहरूको दौडधुप तीव्र छ । तर पहिलो तहका नेताहरू सहमति जुटाउने कोसिस भन्दा दुरी बढाउने खालका गतिविधिमा सक्रिय छन् ।
अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल नै एक अर्काबीच टिप्पणी र भनाभनमा उत्रिदै समाान्तर गतिविधिलाई उक्साइरहेका छन् ।
शुक्रबार आफूपक्षीय केन्द्रीय कमिटिको बैठक सकेर शनिबार दोलखाका कार्यकर्तालाई भर्चुअल सम्बोधन गरेका नेता नेपालले पार्टी एकता, सरकार र ओलीका प्रवृत्तिमाथि लामो व्याख्या गर्दै आफ्नो बाटो स्पष्ट रुपमा बताएका हुन् । कार्यकर्तालाई सम्बाेधन गर्दा नेता नेपालले ओलीभन्दा देउवा शिष्ट रहेका छन साथै उनले कम्युनिस्टभन्दा कांग्रेस संस्कारी रहेकाे बताए ।
Facebook Comments Box
