उपेन्द्र यादव मधेस विरोधी हुन् :लक्ष्मणलाल कर्ण

वीरगन्ज। जसपा विवादपछि फरकधारकाे राजनितिमा लागेका महन्थ ठाकुर समूहका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले उपेन्द्र यादवले सत्तामा पुग्नका लागि पटक पटक मधेस र मधेसी जनतालाई भर्याङ मात्रै बनाएको आरोप लगाएका छन् । साथै उपेन्द्र यादवले मधेसमा कम्युनिस्टवाद लादेको उनको आरोप थियो।
केहीदिन देखि तराईका जिल्लाहरुमा कार्यकर्ता भेला गर्दै हिडेका जसपा नेताहरुले कम्युनिस्ट पृष्ठभूमिबाट राजनीति गरेका यादवले कम्युनिस्टवाद लादेको आरोप लगाएका छन । महन्थ ठाकुर पक्षका नेता तथा कार्यकर्ताहरुको भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सिराहामा भर्ला भएका जसपाका कर्यकर्ताहरुले यादव समूहप्रति आक्रोस पोखेका थिए । कार्यक्रममा निर्वाचन आयोगको आधिकारिकताप्रति पनि धेरै वक्ताले आपत्ति जनाएका थिए । यादवले मधेसीलाई धोका दिँदैआएको उनीहरुको आरोप थियो ।
महन्थ ठाकुर समूहले शुक्रबार बारा, महोत्तरी , सिराहा र सप्तरीमा अगुवा कार्यकर्ता भेला गरेको हो । भेलालाई महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा , शरत सिंह भण्डारी लगायत नेताले सम्बोधन गरेका थिए ।
