दुनियालाई खाेप बेच्ने चीनभित्रै कोरोना संक्रमितको संख्या बढ्दै

सेयर गर्नुहोस

एजेन्सी ।
चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती व्यक्तिहरु चीन भित्रैबाट संक्रमित भएका पाइएको बताइएको छ ।

चीनको जाङ्सुमा मात्र स्थानीय रुपमै संक्रमण भएका ४० जना संक्रमित भेटिएका छन् । त्यसैगरी हुनान, लियानिङमामा अरु संक्रमित पाइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ संक्रमित देखिने गरेका छन् । चीनभित्रै संक्रमणका नयाँ सूचनाहरु आइरहेका अधिकारीहरुले जनाएका छन् ।

स्थानीय नागरिकमै संक्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ। चीनले कोरोना निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच शुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, सङ्घाइमा पनि संक्रमित देखिएका छन् ।

देशभित्रै अर्थात् स्थानीयरुपमै चीनमा संक्रमितहरु देखिन थालेपछि ती क्षेत्रहरुमा निको भएका बिरामीहरुमा पनि स्थानीय स्वास्थ्य अधिकारीहरुले ध्यान दिन थालेका छन् । उनीहरुको पुनःस्वास्थ्य परीक्षण गर्ने काम केही महिनायतादेखि नै थालेको जनाएको छ ।

Facebook Comments Box