पूर्वमाओवादीका चार नेता ना यता ना उता , सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ ।माओवादी केन्द्रबाट निस्कासित चार नेताको सांसद पद पुनर्वहालीका लागि परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
हाल एमालेमा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्वहालीका लागि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सोमबार न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलासले चार नेतालाई स्पष्टीकरणको मौका दिइ सांसद पदबाट हटाएको ठहर गरेको छ । सर्वोच्चको इजलासले माओवादी केन्द्रसँगै चार नेताको विवाद निरुपणका लागि मार्ग खुला गरिदिएको छ ।
सर्वोच्चको यसअघिको इजलासले उनीहरुको पुनर्वहालीको मुद्दा ‘नभ्याइने’मा राखिदिएको थियो । एमालेमा रहेका पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर्वहालीका लागि सर्वोच्चमा रिट दायर गरेका थिए ।
