चिनियाँकाे अपराधिक गतिविधि बढ्दै, ठमेलमा अवैध रक्सी कारखाना !

सेयर गर्नुहोस
तस्बिर : नया पत्रिका

काठमाडौं /श्रावण १५ ।
ठमेलमा अवैध चिनियाँ रक्सी कारखाना फेला परेको छ। शुक्रबार प्रहरीले उक्त कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी जिहुईलाई पक्राउ गरेको छ।

पर्यटन भिसामा नेपाल आएका उनले रक्सी कारखाना चलाएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार ती चिनियाँले मेसिन नै राखेर चिनियाँ लोकल रक्सी अवैध रूपमा रक्सी उत्पादन गरिरहेका थिए।

करिब १० हजार लिटर रक्सी उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थसमेत बरामद गरिएको महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।नयाँ पत्रिका

Facebook Comments Box