अर्घाखाँची मा १६ गते राती १२ बजे बाट सबै सबारी साधन पसल बन्द हुने

सेयर गर्नुहोस

लक्ष्मण बि सि
१४ साउन अर्घाखाँची
अर्घाखाँचीमा जारी निषेधाज्ञा थप कडाइ हुने भएको छ। १६ गते राती १२ बजे बाट कडा हुने भएको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमण दर तीव्र गतिमा बढिरहेको र संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले १० गते राती १२ बजे बाट २० गते सम्मका लागि जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनुभयो ।

साउन १० गते सम्म जारी रहेको निषेधाज्ञा रहदा रहदै पनि जिल्लामा कोरोना बढदै गयकाले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आईतवार सम्पन्न बैठकको निर्णयले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रजिअ पौडेलले जानकारी दिनुभयोको छ। बैठक बैक सबारी साधन अत्यावश्यक काम बाहेक कोहि पनि घर बाहिर ननिस्कन आग्रह गरेको र ।होटल, रेष्टुरेण्ट, ब्युटीपार्लर र शैलुन सबै पसलहरु बन्द हुने भएको छ । यस अघि बेलुका ५ बजेसम्म खुल्ला हुदै आएका पसलहरु अब भने सबै बन्द गर्नुपर्ने भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अर्घाखाँचीमा कोरोना संक्रमणदर पुनः उक्कालो लाग्दै गईरहेको छ । निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा संक्रमणदर बढ्दै गएको हो । यसैबिच बुधवार थप ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ५१ जना,भुमिकास्थान नगरपालीकामा ३ जना, मालारानी गाउँपालीकामा ३ जना,पाणिनी गाउँपालीकामा ८ जना र छत्रदेव गाउँपालीकामा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ सय २० पुगेको छ ।

यस्तै बुधवार ३३ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट २२ जना, भुमिकास्थान नगरपालीकाबाट ३ जना, मालारानी गाउँपालीकाबाट ४ जना,पाणिनी गाउँपालीकाबाट ३ जना र छत्रदेव गाउँपालीकाबाट १ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म २७ सय ३० जनाले कोरोनालाई जितेका छन ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ५१९ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २५९ जना, भुमिकास्थान नगरपालीमा १०२ जना, शितगंगा नगरपालीकामा २९ जना, मालारानि गाउँपालीकामा ५५ जना, पाणिनि गाउँपालीकामा ६३ जना र छत्रदेव गाउँपालीकामा ११ जना संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ७१ जनाको ज्यान गएको छ ।

Facebook Comments Box