थारुवान मोर्चाद्वारा बृहत आन्दोलन कार्यक्रम सार्वजनिक

सेयर गर्नुहोस

काठमाडौं ।
नेपालमा नयाँ सरकार गठन सङै नयाँ नयाँ आन्दोलन शुरु हुने भएको छ । अहिले निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलिको सरकार ढल्ने बेला थारुवान मुक्ति मोर्चाबाट भएको सम्झौता के हुने आन्योलताका साथ थरुहट थारुवान राष्ट्रिय मोर्चाले साउन महिनाबाट आन्दोलन गर्ने घोषणा सार्वजनिक गरेको छ । मोर्चाले आफुहरु माथी अन्याय भएको तथा आफ्नो नेता कार्यकर्तालाई झुठो मुद्दा लगाई जेल थुनेको बताउदै आएको छ । जसपा पार्टीका सासद समेत रहेका रेशम चौधरीको सासदिय पद खरिज गरि जेल हालेका छन भने थारुवानका अर्का युवा जुझारु नेता लक्ष्मण थारुलाई समेत आजिवन कारावासको सजाय तोकेको छ । कैलाली घटना मुख्य दोसि बनाई सजाय तोकेको दुबै माथी अन्याय भएको थारु अगुवाहरुले बताउदै आएका छन । देशमा कोरोना संक्रमणका कारण स्थागित भएको आन्दोलन अब शुरु हुँदै एक थारुवानका नेताले एसीपि न्युजलाई जानकारी गराए । थरुहट थारुवान राष्ट्रिय मोर्चाले साउन २४ गते राजधानी काठमाडाो मा बृहत अन्तर्कृया गरिने भएको छ । साउन २५ गते देखि थरुहट रहेको स्थानमा अन्तरकृया गर्ने जनाएको छ । भाद्र १ गते देखि राजधानीमा धर्ना प्रदर्शन गर्ने आयोजकले जनाएको छ । भाद्र ७ गते टीकापुर घटनाका दिन उपत्यका लगाएत सम्पुर्ण थारुवानमा टीकापुर बिद्रोह दिवसको अवसरमा बिरोध प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

Facebook Comments Box