कपिलवस्तु इमलिय मा रहेकोे श्री माध्यमिक बिध्यालयमा कक्षा संलाचालन मा
लक्ष्मण बि सि,
१३साउन अर्घाखाँची
कपिलवस्तु । जिल्लाको बुद्धभुमी नगरपालिका वडा नंबर ९ मा रहेको श्री माध्यामिक विद्यालयमा ‘स्मार्ट कक्षा’ संचालनमा आएका छन् । बुद्धभूमि नगरपालिका–९ इमिलियामा रहेको श्री माध्यामिक विद्यालयमा स्मार्ट कक्षा संचालनमा आएको हो ।
सोमबार लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थिले एक कार्यक्रमका विच स्मार्ट कक्षाको अवलोकन गर्नुभयो । कक्षा अवलोकनमा सांसद पन्थिले स्मार्ट कक्षा अध्यापनबाट विद्यार्थी आर्कर्षित हुने बताए ।
श्री माध्यामिक विद्यालयका प्रधानाध्यापक खगेस्वर खनालले स्मार्ट कक्षा डिजिटल विधीबाट शिक्षण गर्ने बताए । खनालका अनुसार हाल नौ वटा कक्षा स्मार्ट कक्षा संचालन गरिएको बताए । उनका अनुसार अडियो, भिडियोका विधीबाट पढाई गराईने छ । ‘यस विधिबाट विद्यार्थी सिकाईप्रति उत्प्रेरित हुन्छन, ‘उनले भने, ‘सिकाई प्रभावकारी हुने भएकाले शैक्षिक गुणस्तरबृद्धि हुनेछ ।’
प्रअ खनालले विद्यालयमा अंग्रेजी माध्यामबाट समेत पढाई संचालन गरिएको बताए ।
एक वर्ष भित्रै सबै कक्षामा समेत स्मार्ट कक्षा संचालन गरिने खनालले बताए । कार्यक्रममा शिक्षक, अभिभावक, जनप्रतिनिधी व्यबस्थापन समिति लगायतको सहभागिता रहेको थियो ।
