अस्पतालप्रति प्रदेश र केन्द्र सरकारले चासाे नलिएकाे नगरप्रमुख शाह काे आराेप

कपिलवस्तु ।
जिल्लाकाे कृष्णनगर नगरपालिकामा ९ बहादुरगंजमा रहेकाे नेपालकै दाेस्राे पुरानाे शिवराज अस्पताल अहिले बजेट अभाव र जनशक्ति अभावका कारण सेवा प्रभाव प्रभावित बनेको छ ।
वि.सं. १९९८ मा स्थापना भएको देश कै दोस्रो पुरानो अस्पताल अहिले बजेट अभावमा अलपत्र परेको छ ।
स्थानिय तहको निर्वाचन संगै स्थानिय तहमा गाभिएको शिवराज अस्पतालमा बजेट अभावले सेवा प्रभावित भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनु भयो । हरेक बर्ष नगरपालिकाले अस्पताल संचालनका लागि बजेट विनियोजित गर्दै आएको भए पनि अस्पतालका लागि आवश्यक उपकारण खरिदका लागि रकम नपुगेको शाहले बताउनु भयो । अस्पातलको स्तरउन्नती र प्राविधीक तर्फका लागि संघ र प्रदेश कहि कतैबाट सहयोग प्राप्त नभएको बताउदै शाहले नगरपालिकाको बजेटले अस्पताल संचालन गर्न नसकिने बताउनु भयो ।
१५ शैयाको शिवराज अस्पतालमा स्थायि दरबन्दि २८ भए पनि अहिले १ जना एमविविस डाक्टर सहित ८ जना मात्रै रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा अहिले ३ जना एमविविस डाक्टरको दरबन्दिमा १ जना, ल्याबमा २ जना , एक्सरेमा १ जना र एक जना स्टाफ नर्स मात्रै कार्यरत रहेका छन । नगरपालिकाले ३१ जना करारमा कर्मचारी नियुक्ती गरि अस्पताल संचालन गर्दै आइरहेको छ । अस्पतालको प्रशासन शाखामा समेत कर्मचारी नहुदाँ सेवा प्रभाव प्रभावित भएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको तेस्रो लहर बढ्दै गर्दा अस्पतालमा भएका १ जना एमविविस डाक्टरले मात्रैले कोरोनाका विरामी र अनय विरामी चेकजाँच गर्न नसक्ने भएकाले दरबन्दि अनुसारको डाक्टर व्यवस्थापन गर्नु पर्ने अस्पतालका प्रमुख डाक्टर मुकेश कुमार चौधरीले बताउनु भयो ।
अस्पतालमा अहिले ५ वटा ठूला अक्सिजन सिलिण्डर, ३ वटा साना , अक्सिजन कन्सिटेटर ९ वटा रहेका छन । अस्पतालमा रहेको एक्सरे मेशिन पनि पुरानो छ , अल्ट्रासाउण्ड केहि दिन यता विग्रेको छ । नगरको बजेटले आवश्यक सामाग्री किन्न पुग्दैन । कोरोना तेस्रो लहर बढ्दै गएको अवस्थामा अस्पतालले थेग्न नसक्ने डा.चौधरीले बताउनु भयो ।
कृष्णनगर नगरपालिका संगै अस्पतालमा शिवराज नगरपालिका, विजयनगर गाउँपालिका महाराजगंज नगरपालिका र छिमिकी देश भारतका नागरिकहरुले पनि सेवा लिदै आएका छन ।नगरपालिकाले हरेक बर्ष १ करोड बढि बजेट अस्पतालका लागि विनियोजित गर्दै आएको भए पनि त्यो रकम अपुग भएको व्यवस्थापन समितिका अध्यक्ष रजत प्रताप शाहले बताउनु भयो ।
कृष्णनगर नाका हुदै नेपाल प्रवेश गर्नेहरुका लागि कृष्णनगरमा होल्डिङ सेन्टर सन्चालमा आएको र अब त्यहाँ भेटिने संक्रमितलाई समेत शिवराज अस्पतालबाटै उपचार गर्नु पर्ने भएकोले जनशक्तिको अभाव हुने र नगरपालिकाले थेग्न नसक्ने शाहले बताउनु भयो ।
जिल्लाकै सबै भन्दा पुरानो र देश कै दोस्रो पुरानो अस्पताल अहिले कर्मचारी बजेट अभावमा जिर्ण बन्दै गएको छ । सोहि अस्पतालबाट सेवा लिदै आएका नजिकै जोडिएका स्थानिय तहले वास्ता नगर्दा पनि अस्पतालमा सुधार हुन सकेको छैन । प्रदेश र संघले समेत अस्पालतको विकासमा ध्यान नदिदाँँ अस्पतालबाट सेवा लिने नागरिक प्रभावित बन्दै आएका छन । अस्पतालको स्तरउन्नती गर्न संघमा कांग्रेसका सांसद अभिषेक प्रताप शाह र प्रदेशमा साँसद तथा विपक्षी दलका नेता विरेन्द्र कानोडिया र अर्जुन कुमार के.सि.ले पहल गरे अस्पतालको अवस्थामा केहि सुधार हुने थियो भने स्थानियकाे भनाई छ ।
