पुरातात्त्विक महत्त्वबाेकेकाे मन्दिरकाे पहिचान ओझेलमा ,जमिनबाट आफै प्रकट भएकी आदिशक्ति माता कै जनबिस्वास

सेयर गर्नुहोस


कपिलवस्तु , साउन ९ । जिल्लाकाे कृष्णनगर नगरपालिका वडा ११, पटनामा रहेकाे ऐतिहासिक  महत्वकाे  माता आदिशक्ति मन्दिरकाे पहिचान ओझेलमा परेकाे छ ।
जिल्ला कै पश्चिम भारतीय सिमाभन्दा दुई किलोमिटरमा कृष्णनगर नगरपालिकाकाे वडा १० पटना भन्ने गाउंमा अवस्थित आदिशक्ति माता मन्दिर उचित प्रचार प्रसार नभएकाले पहिचान ओझेलमा परेकाे छ । बि.स.२०१६ बैशाख मत्स्य जयन्ती र शंक्रान्ति मेला भन्दा पहिला एक जना स्थानीय किसानले गाेरुलाई बांधने काठकाे किलाे गाड्न खाल्टाे बनाउने क्रममा जमिनमै आदिशक्ति माताकाे मुर्ति भेटिएको मन्दिरका पुजारी भगतले बताउनुभयाे । मुर्तिमा माता गंगाकाे सवारी मत्सय रहेपनि अन्य स्वरुप हेर्दा आदिशक्ति माताकाे जस्ताे देखिएकाले मन्दिर वहांकै नाममा मुर्ति भेटिएको स्थानमै निर्माण भएकाे उनले बताए ।                                                             मन्दिरमा दर्शन गरि सबै दु:ख हराउने र मागेकाे मनाैतीपनि पूरा हुने अध्यात्मिक महत्व रहेकाे स्थानीय राजेश माैर्य बताउँछन् ।
गाउंका वरपर क्षेत्र र भारतकाे बढनी,शाेहरतगढ , पचपेडवा, ढेबरुवा लगायतका ठाउंबाट श्रद्धालुहरु आउने गरेकाछन तर पनि उचित प्रचार प्रसार नहुन सकेकाले ऐतिहासिक महत्त्वकाे मन्दिरकाे पहिचान गुम्दै गएकाे छ ।
बर्सेनि चैत्ररामनवमीका दिन मेला लाग्ने ,पुजाअर्चना जागरण हुने साथै वरपरका मनाैतिका श्रद्धालुहरु सत्यनारायण कथा,बच्चाकाे मुण्डन, धार्मिक अनुष्ठान लगायत आध्यात्मिक कार्यहरु हुँदै आएकाे स्थानीयहरु बताउँछन् ।

Facebook Comments Box