रेशम चाैधरीकाे मुद्दा फिर्ता लगायत मधेशका समस्या समाधानका लागि महन्थ ठाकुरले भेटे प्रधानमन्त्री देउवालाई, माग सम्बाेधन गर्न ध्यानाकर्षण

सेयर गर्नुहोस

काठमाडौं ,असार ६ ।रेशम चाैधरीकाे मुद्दा फिर्ता लगायत मधेशका समस्या समाधानका लागि महन्थ ठाकुरले प्रधानमन्त्री देउवालाई  भेटेर माग सम्बाेधन गर्न ध्यानाकर्षण गराएका छन।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधबार विहान ९ बजे प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएका हुन् ।
विश्वासको मत प्राप्त गरेकोमा बधाई दिन र आफ्ना मागको सम्बोधनमा ध्यानाकर्षण गराउन ठाकुर बालुवाटार गएको उनका सहयोगी सतेन्द्र मिश्रले रातोपाटी जानकारी दिए ।

मंगलबार ठाकुरले आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भन्दै माग चाँडो पूरा गर्न ध्यानाकर्षण गराइएको छ । मिश्रका अुसार ठाकुरले आज विहान भेटेरै यसबारे कुरा उठाएका थिए ।

जसपाको ठाकुर पक्षले संविधान संशोधन, मुद्दा फिर्ता, रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकता सम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसंख्याको अनुपातमा पुन:संरचनालगायतका समस्या समाधानमा विषय उठाइरहेको छ ।

यसको सम्बोधनका लागि प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको ठाकुर पक्षको भनाइ छ । आइतबार विश्वासको मत सिद्ध गरेका देउवासँग ठाकुर पक्षले माग सम्बोधनका लागि जोड दिएको हो ।

Facebook Comments Box