घरभित्रै दलित महिला बलात्कृत

सेयर गर्नुहोस

राैतहट , साउन २ ।
रौतहटको देवाही गोनाही नगरपालिकामा एक हप्ताभित्रै दोस्रो दलित महिला बलात्कारको सिकार भएकी छन् । प्रहरीका अनुसार देवाही गोनाही–१ का ४० वर्षीय राकेश राउत कुर्मीले गएराति सोही वडाकी ३० वर्षीय पासवान थरकी विवाहित महिलालाई जबर्जस्ती करणी गरेका हुन् ।

राति करिब १२ बजेको समयमा कुर्मी ती महिलाको घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी प्रमुख राजन लम्सालले बताए ।

महिलाले गुहार मागेपछि राकेश राउत कुर्मी फरार भएको प्रहरीको भनाइ छ । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण भइसकेको तथा आरोपित कुर्मीको खोजी भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।

केहीदिन अघिमात्र देवाही गोनाही नगरपालिका–७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहा करणी आरोपमा पक्राउ परेका थिए । आफ्नै गाउँकी एकजना विवाहित दलित महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनीमाथि मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी श्रीराम भण्डारीले बताए ।राताेपाटी

Facebook Comments Box