सरकारमा जान पार्टी फुटाउन तयार उपेन्द्र यादव
काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी पार्टी नै फुटाउनेसम्मको अवस्थामा पुगेका छन् ।अध्यक्ष यादवले ७ मन्त्री र एक राज्यमन्त्री मागेका छन् । यस्तो भएमा उनी महन्थ ठाकुर समुलाई छोडेर सरकारमा जान तयार हुने देखिएका छन् ।यादव पक्षको यस मागमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक रहेको बताइएको छ ।यादव पक्ष साउन ३ गते पछि सरकारमा सहभागी हुने भएको छ । साउन ३ मा निर्वाचन आयोगले आधिकारिकताको फैसला सुनाउने यादव पक्षका नेताहरूको बुझाई छ । आयोगले आधारिकताको फैसला सुनाए पछि सरकारमा जाने यादव पक्षको तयारी छ ।
Facebook Comments Box
