चीनले दिएकाे खाेप सकिएपछि अभियान राेकियाे

सेयर गर्नुहोस


काठमाडौँ । भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा खोप अभियान स्थगन गरिएको छ । असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्राको खोप अभियान सञ्चालन भइरहेको थियो । खोप साउन २ गतेसम्म दिने भनिएको थियो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले भेरोसेल खोपको मौज्दात समाप्त भएकाले अर्को सूचना नभएसम्मको लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौंमा स्थगन गरिएको बताए ।
यो खोप ५५ वर्ष माथिका प्राध्यापक, सवारी चालक, नागरिक, शिक्षक, कर्मचारी, सहचालक लगायतका समूहलाई प्राथमिकतामा राखेर खोप दिइएको थियो ।

असार ३१ गते अर्थात् बिहीबारसम्म काठमाडौं जिल्लामा १ लाख १५ हजार ७४१ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने बुधबार ४३ हजार ४५८ र मंगलबार १३ हजार ६६३ जनाले खोप लगाएको स्वास्थ्य कार्यलय काठमाडौंले जानकारी गराएको छ ।

Facebook Comments Box