कपिलवस्तुमा ११ बर्षिय बालिकाकाे जबर्जस्ति करणी प्रयास

सेयर गर्नुहोस

कपिलवस्तु , असार ३० । जिल्लाकाे विजयनगर गाउंपालिकाकाे महदेईया गाउंकी ११ बर्षीय बालिकालाई जबर्जस्ती करणीकाे प्रयास भएकाे छ ।
सांझ नजिककाे उखु खेतमा दिशा गर्न गएका बेला दश बर्षिय बालिकालाई स्थानीय ७० बर्षीय वकिल मियांले फकाएर जबर्जस्ती करणी गर्ने प्रयास गरेका छन । एकलै भएकाे माैका छाेपी बालिकालाई उखुभित्र लगेर करणी प्रयास गरेकाे इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक रणबहादुर बिष्ट ले बताउनुभयाे । साे घटनाकाे सुचना पाएलगत्तै प्रहरीले बालिकालाई आवश्यक जांचका लागि जिल्ला अस्पताल ताैलिहवा पुर्याएकाे र अभियुक्तकाे खाेज तलासी भईरहेकाे प्रहरी निरिक्षक बिष्टले जानकारी दिनुभएकाे छ ।

घटनाबारे थप सुचना संकलन गर्दा अभियुक्त विजयनगर गाउंपालिका वडा ३ का वडा सदस्य शमसाद अहमदका काका रहेकाले राजनितिक दबावमा मिलापत्र गर्न सक्ने शंका रहेकाे महदेइया कै निवासी जसपाका जिल्ला उपाध्यक्ष रामनिवास पुरीले बताउनु भयाे । साे घटनापछि पिडितलाई न्याय दिलाउन स्थानियहरु अक्राेसित बनेकाे छन ।

Facebook Comments Box