संसद पुनर्स्थापना भएकाेमा जसपाद्वारा सर्वाेच्चकाे निर्णयकाे स्वागत

विजयनगर , असार २८ । प्रधानमन्त्री ओलीद्वारा दाेस्राे पटक गरिएकाे संसद विघटनलाई सर्वाेच्च अदालतले पुनर्स्थापित गरेकाे निर्णयलाई जसपाले मैनबत्ती बालेर स्वागत गरेकाे छ ।
आज सर्वोच्च अदालतकाे संसद पुनर्स्थापना निर्णयलाई प्रतिगमनकाे पराजय भएकाे भन्दै जनता समाजबादी पार्टी विजयनगर गाउपालिका समितिले गाउपालिका कार्यालय अगाडिकाे मन्दिरमा जिल्ला उपाध्यक्ष रामनिवास पुरिकाे अतिथ्यतामा मैनबत्ती बालेर स्वागत गरीएकाे छ । कार्यक्रममा उपाध्यक्ष पुरिले ओली विरुद्धकाे लडाईमा थप संघर्ष गर्न परे हामी पछाडि नहट्ने बताउनुभयाे ।
कार्यक्रम राम बिजय मौर्यको अध्यक्षता थियाे भने जिल्ला सदस्य अस्वनी चाई,गाँउ कमिटी सचिव अशोक जैसवाल,ज.स.पा.वार्ड कमिटी अध्यक्ष मुज्जमिल खाँन लगायतका नेता कार्यकर्ताकाे उपस्तिथि थियो ।
Facebook Comments Box
