सर्वोच्चको राजनीतिक फैसलाले देश अस्थिरतामा फस्ने खतरा :कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्चको फैसलाले देश अस्थिरतामा फस्ने खतरा रहेको बताएका छन्। सोमबार सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुर्स्थापित गरेसँगै फेसबुकमार्फत उनले संवैधानिक इजलासले गरेको राजनीतिक फैसलाले कार्यान्वनमा जटिलता र देश अस्थिरतामा फस्ने खतरा रहेको प्रतिक्रिया दिएका हुन्।
थापाले सर्वोच्च अदालतमा गोरु ब्याएकोसमेत टिप्पणी गरेका छन्। सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुर्स्थापित गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यसअघि गत पुस ५ गते पनि प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । त्यसलाई सर्वोच्चले उल्टाएको थियो ।
