आठ करोडको खानेपानी योजना निर्माण हुँदै

सेयर गर्नुहोस

उर्लाबारी (मोरङ), मङ्सिर १९ गते । मोरङको केरौन–१ स्थित मानेचोकमा रु आठ करोडको लागतमा एक लाख ५० हजार लिटर क्षमता भएको खानेपानी आयोजना निर्माण भइरहेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङ र खानेपानी तथा सरसफाइ मन्त्रालयको सहयोगमा रु आठ करोडको लागतमा आयोजना निर्माण भइरहेको हो ।

चार कट्ठा जमिन खरिद गरेर २०७१ सालबाट काम गरेको केरौन कालीकोसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोजकुमार राईले बताउनुभयो ।

केरौन गाविसको १, २ र ३ नं वडाका दुई हजार २०० घरधुरीलाई लक्षित गरेर योजना सुरु गरिएको अध्यक्ष राईले बताउनुभयो ।

खानेपानी डिभिजन कार्यालय विराटनगरबाट रु २२ लाख ४२ हजार गरी जम्मा रु ५४ लाख ४२ हजार खर्च भइसकेको र यस आव २०७३÷७४ मा नियमित बजेट रु ४० लाख विनियोजित भइसकेको समितिले जनाएको छ ।

Facebook Comments Box