ओली सरकारलाई झट्का, ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश   

सेयर गर्नुहोस

    काठमाडौं, ४ असोज ।  ढुंगा, गिट्टी र बालुवा निकासी गरि व्यापार घाटा कम गर्न बजेट ल्याएकाे ओली सरकारलाई  सर्वोच्चले झटका दिएकाे छ ।                   सर्वोच्च अदालतको संवैधानिक इजलासले ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासले उक्त अन्तरिम आदेश दिएको हो ।                                                         इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ छन् । सरकारले हालै अध्यादेशमार्फत ल्याएको बजेटमा नेपालबाट ढुंगा, गिट्टी र बालुवा निर्यात गर्ने कार्यक्रम राखिएको थियो । सरकारले उक्त कार्यक्रम बजेटमा राखेपछि कांग्रेस, माओवादी केन्द्रलगायतका दलले विरोध जनाएका थिए ।

Facebook Comments Box