१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा आगलागी,११ घर ५ गोठ जलेर नष्ट(नाम सहित)

सनिउल्ला धोबी, कपिलवस्तु चैत ८,
कपिलवस्तुमा भिषण आगलागी भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ६ पैकीवण्डामा शुक्रबार भिषण आगलागी भएको हो । दिउसो लागेको आगो अहिले भने नियन्त्रणमा आएको छ ।
आगो बुधई कुर्मीको घरबाट सल्कीएको हो । आगलागीबाट ११ घर र ५ गोठ जलेर नष्ट भएका छन् भने करिब ५५ लाख बराबरको क्षेती भएको अनुमान गरिएको छ ।
आगलागीबाट बुधई कुर्मी, वहब मुसलमान, इलाकत मुसलमान, हरिद मीया, राहत मीया, अब्दुल मुसलमान, भगवती पाल, अब्दुल कलाम मुसलमान , सनिउल्ला मीया, समीम नाउ, मन्जुर नाउ, वर्मा कुर्मी, कोदई कुर्मी, किसलावती कुर्मी, मिताउल्ला मीया र बरसती मुसलमानको घर जलेको प्रहरीले बताएको छ ।
यस्तै आगलागीबाट अन्दाजी ४५ वर्षिय समिउल्ला मिया घाईते भएका छन भने उनको अहिले स्थानिय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट एक गाई पनि मरेको छ भने २ गोरु घाइते भएको बताइएको छ । शुक्रबार दिउसो अत्याधिक हावाहुरी चलेको थियो ।
आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस अघि पनि शिवराज नगरपालिकाको वनकसावासमा भिषण आगलागी भएको थियो । वनकसावासमा ४ घर जलेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट