१४ बैशाख २०८१, शुक्रबार

कर्मामा बेवारिसे अवस्थामा महिलाकाे शव ।


कृष्णनगर , साउन २९ । कृष्णनगर ६ कर्मा गाउंकाे पुर्व खेतमा अाज एउटा बेवारिसे शव फेला परेकाे छ ।
अन्दाजी ४२ बर्षीय पहिचान हुन नसकेकाे एउटी बेवारिसे महिलाकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । बिहान लगभग दस बजे ईलाका प्रहरी कार्यालय कृष्णनगरकाे टाेलीले कृष्णनगर नगरपालिका वडा ६ कर्मा गाउंपुर्व सशस्त्र क्याम्प जाने बाटाे नजिक खेतमा मधेशी वर्ण की महिलाकाे शव बेवारिसे अवस्थामा फेला परेकाे छ । नाम र पहिचान खुल्न नसकेपछि शवलाई पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज पुर्याईएकाे छ । महिलाकाे घांटीमा निलाे डाम रहेकाेले हत्याकाे शंकामा थप अनुसन्धान भईरहेकाे कृष्णनगर प्रहरीले जनाएकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट