१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुका थारु कलाकारलाई “माघी”को चटारो

सीताराम चौधरी, चन्द्रौटा ,कपिलवस्तु। थारु समुदायका गाउाबस्तीमा यतिबेला “माघी” पर्वको रौनकले छाएको छ । गाउाघर सिागार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिबासी थारु समुदायमा माघीको चहलपहल बढेको हो । माघी पर्वको आगमनसागै थारु समुदायमा खुशियाली छाएको छ । थारु समुदायले माघीलाई नयाा वर्ष प्रारम्भको दिनको रुपमा समेत लिने गर्छन् । सोही अवसरमा थारु समुदायले छोराछोरीको बिहे, अंशबण्डा गर्ने, खेतीपातीको वार्षिक योजना बनाउनुका साथै परिवारका सदस्यमा कामको बााडफााड समेत गर्ने गरेको पाइन्छ । तर पछिल्लो पुस्तामा भने यो माघी पर्वको महत्व घट्दै गएको पाइन्छ ।

  unnamed माघीको महत्व घटदै जाादा अहिले कपिलवस्तुका थारु कलाकार र साहित्यकारहरु जगेर्नामा जुटेका छन् । जिल्लाको बरकुलपुर–१, बस्ने ३७ वर्षीय थारु युवा गायक श्रीनिवास चौधरीको ‘आइल रे आइल माघी..’ बोलको गीतले थारु गाउाबस्तीमा चर्चा पाएको छ । गीतको माध्यमबाट चौधरीले थारु भाषा, कला, संस्कृति र भेषभुषाको जगेर्नामा लागेका हुन् ।  माघीकै अवसर पारेर उनले “आइल रे आइल माघी..” बोलको गीतलाई सार्वजनिक गरेका हुन् । चौधरीले गीतमै माघी पर्वको महत्वलाई समेट्ने कोशिश गरेका छन् ।

केही दिनअघि मात्रै नेपाली बजारमा आएको माघीको यो गीत अहिले थारुहरुको जनजिब्रोमा झुन्डिन सफल भएको छ । सोही गीतबाटै गायक चौधरीलाई यसपालीको माघीको कार्यक्रमले भ्याई नभ्याई छ । सोही गीतका कारण चौधरी माघीको अवसरमा काठमाडौंमा हुन गइरहेको थारु राष्ट्रिय माघी महोत्सवमा गायन बिधाबाट सम्मानित हुादैछन् । केन्ऽिय थारु विद्यार्थी संघको आयोजना तथा विभिन्न थारुहरुको २९ वटा संघसंस्थाहरुको संयुक्त संयोजनमा हुने राष्ट्रिय माघी महोत्सवमा सभामुख ओन्सरी घर्ती मगरको हातबाट सम्मानित हुने बताइएको छ ।maghi 1

२०३५ साल फागुन १२ गते बरकुलपुर १ कपिलवस्तुमा सामान्य परिवारमा जन्मिएका हरबन्शु थारुको कान्छो छोरा उनै श्रीनिवास चौधरी २०६१ सालमा रुपन्देही जिल्लामा पहिलो पटक “हाए रे छौकिया..” नामक थारु भाषाको पहिलो एल्बम निकालेका थिए । उनले “चली बोलबम जलवा चढाये..” पर्रोहा बोलबम धामलाई समर्पित “बोलबम भजन”, “दिल के रानी”, “सपना”नामक नेपाली आधुनिक एलबम लगायत थुप्रै फिल्म र एल्बमहरुमा आफ्ना स्वर भरिसकेका छन् ।

पछिल्लो पटक उनको सर्बाधिक चर्चामा रहेको थारु भाषाको गीत “आदिबासी थारु हमरे, धर्तिपुत्र तराई के..” बोलको गीतले थारु समुदायमा मात्रै नभई अन्य समुदायमा पनि चर्चा पाएको छ । थारुहरुको जुनसुकै कार्यक्रममा त बज्छ नै । यसका अतिरिक्त नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डदेखि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईका साथै भारतीय प्रधानमन्त्री नरेन्ऽ मोदीसम्मको कार्यक्रममा पनि यो गीतले स्थान पाउनुले आफूलाई भाग्यमानी थान्छन् उनी ।

करीब १३ बर्षदेखि बुटवलमा रही सञ्चार तथा साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनै गायक हुन् श्रीनिवास । जसले अहिले सम्म थारु, भोजपुरी, नेपाली हिन्दी गरी करीब २५० भन्दा बढी गीतहरु गाइसकेका छन् ।

यता अर्का थारु कलाकार तथा संचारकर्मी कपिलवस्तुको वाणगंगा नगरपालिका ११ बस्ने जगरनाथ थारुका ३९ वर्षीय श्याम सिटी (चौधरी) पनि गीतको माध्यमबाट थारु संस्कृतिको जगेर्नामा जुटेका छन् । संगीतमा रुची राख्ने श्याम २०५५ सालमा बुटवल क्याम्पस पढ्दा बागेश्वरी संगीतालयमा संगीत सिकेर आफ्नो सांगीतिक यात्रा शुरु गरेका थिए । २०५८ सालमा जिल्लामै थारु भाषाको पहिलो एल्बम “दिलके रानी” नामक एल्बम निकालेका थिए ।

त्यतिबेला उनको गीतले एकदमै चर्चा पाएको थियो । यसबाट उनलाई अझ उत्साह बढेपछि अडियोमा रहेको गीतलाई २०६२ सालमा थारु जागृति युवा क्लब गजेहडाको सहयोगमा भिजुवल निर्माण गरेको बताउाछन् । आफ्नै शब्द, संगीत र स्वर रहेको उनको गीतमा श्रीनिवास चौधरी, मीना थारु, लाल बहादुर थारुले स्वरमा साथ दिएका थिए ।

थारु भाषा, कला, संस्कृतिलाई जोगाउन उनले “थारु संस्कृति संरक्षण परिवार कपिलवस्तु” नाम संस्था नै स्थापना गरेका छन् । जसको अध्यक्षमा चामू प्रसाद थारु र सचिवमा द्वारिका प्रसाद थारु रहेका थिए । संस्थामार्फत २०६९ मा उनले आफैंले स्वर भरेको “पियासल मनवा”  र २०७२ सालमा “मोर छैला” नामक थारु भाषाको एल्बम नेपाली बजारमा ल्याएका छन् ।

बुटवल एफएमको स्थापना कालदेखि नै मिडिया क्षेत्रमा प्रवेश गरेका उनी हाल बुद्ध आवाज रेडियो तथा बुद्ध आवाज टेलिभिजनमा थारु भाषाको कार्यक्रम संचालन गर्दै आएका छन् । साथै थारु भाषा, कला, संस्कृति बचाउन आफैं प्रधान सम्पादक रही “बुद्ध सनेस” साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएका छन् । उनी अहिले थारु पत्रकार संघ नेपालको कपिलवस्तु अध्यक्ष समेत रहेका छन् । जिल्लामा हुने माघी महोत्सवमा उनले थारु भेषभुषा, पहिचान सहितको प्रस्तुतिमा समेत निरन्तर सक्रिय भूमिका खेल्दै आएका छन् ।

यसैगरी जिल्लाको वाणगंगा नपा २, राजपुर बैरियाका खेम चौधरी पनि कलाकारिताकै माध्यमबाट थारु संस्कृतिको जगेर्नामा जुटेका छन् । माघी पर्वकै अवसर पारेर उनले थारु भाषामा आफ्नै स्वर भरी “हिरो आ गइल” नामक एल्बम सार्वजनिक गर्ने तयारीमा छन् ।maghi 2

“हिरो आ गइल, दुनिया बौरा गइल”, “सुन्दरी तुहिन् दुल्ही बनैबुा मै”, “लब हो गइल”, “तुहिन प्यार कैलुा” लगायतका निकै चर्चित थारु गीत एल्बममा समावेश गरिएको उनले बताएका छन् । थारु युवायुवतीको रोजाईलाई लक्षित गरी आफ्ना स्वर भर्ने प्रयास गरेको खेम बताउाछन् ।

२०४५ असोज ६ गते जन्मिएका खेम स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । २०६१ मा अनौपचारिक रुपमा सांगीतिक यात्रा शुरु गरेको खेम बताउाछन् । २०६६ मा लुम्बिनी कलाकेन्द्र बुटवलमा ६ महिने म्यूजिक क्लासपछि औपचारिक रुपमा गायन क्षेत्रमा प्रवेश गरेको उनको भनाई छ ।

काठमाडौंको टुाडीखेलदेखि पश्चिम कैलालीसम्मको माघी महोत्सव तथा अन्य महोत्सवहरुमा आफ्ना प्रस्तुति देखाइसकेको बताउाछन् खेम । अहिले उनी जीविकाको लागि दाङको लमहीमा सानो व्यापार व्यवसाय गरेको बताउाछन् । आफ्नो व्यवसायसागै उनले सांगीतिक क्षेत्रलाई पनि सागसागै अगाडि बढाएको बताए । गायन क्षेत्रकै माध्यमबाट आफ्नो जातीय पहिचान, भेषभुषा, कला, संस्कृतिको जगेर्नामा आफ्नो भविष्य कोर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

उनीहरुजस्तै जिल्लाका कुनाकाप्चामा बसोबास गर्दै आएका वर्तमान युवा पुस्तादेखि पाका पुस्तासम्मका प्रतिभा भएका स्थानीय कलाकारहरु समेत आ–आफ्नै तरिकाले माघी पर्वको जगेर्नामा लागेका भेटिन्छन् । माघीको आगमनसागै थारु बस्तीमा यसको रौनकता र चहलपहल बढेको हो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट