२२ बैशाख २०८१, शनिबार

बुद्धभूमीमा फागुन १ देखी १७ सम्म राष्ट्पति रनिङ्क शिल तथा मेयर कप प्रतियोगिता हुने ।।

शारदा के.सी  कपिलवस्तु , माघ २७
बुद्धभुमी नगरपालिकामा वार्षिक रुपमा संचालन हुदै आएको राष्ट्पति रनिङ्क शिल तथा मेयर कप प्रतियोगिता फागुन १ देखी १७ सम्म संचालन गर्ने निर्णय भएको छ । मगलवार नगर स्तरिय राष्ट्पति रनिङ्क शिल तथा मेयर कप प्रतियोगिता संचालन व्यवस्थापन तथा निर्देशक समितिको बैठकवाट यस्तो निर्णय भएको नगरपालिकाले जनाएको छ । प्रत्यक वर्ष विद्यालय तथा अन्य खेलकुद संग सरोकार राख्ने महानुभावहरुको आवश्यकतालाई मध्य नजर गर्दे खेलकुद प्रतियोगिता संचालन गर्न लागिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनु भयाे । फागुन ५ गते सम्म विद्यालयहरुको विचमा सबै वडाहरुमा खेलकुद सम्पन्न गर्ने योजना बनाइएको छ भने नगर स्तरिय फागुन १४ देखी १७ गते सम्म नगरपालिकाको कार्यालय अगाडीको खेल मैदानमा गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता पवन कुमार चौधरीले जानकारी दिनु भयाे । राष्ट्पति रनिङ्क शिलमा १०० मिटर,२०० मिटर, ४०० मिटर, ८०० मिटर १५०० मिटर र ३००० मिटर दाैड छात्र छात्रा हुनेछ । ४ ×१०० मिटर, ४×२०० मिटर रिले दाैड , हाइजम्प, लङजम्प, तिर्पलजम्प , सटफुट खेलकुदमा विद्यालयहरु सहभागि हुनेछन् भने अाधारभुत तह मेयर कपमा १०० मिटर, २०० मिटर छात्र छात्रा दाैड, लङजम्प छात्र छात्रा, कबड्डि, भलिबल अादिमा तथा खुल्ला तर्फ फुटवल लगायतका खेलहरु हुनेछन् । साेलाे साईकल रेसमा कक्षा ६ देखि ८ सम्मका सहभागी हुन पाउने छन ।
खेलकुद संचालनको लागी नगर शिक्षा अधिकृत कृष्ण प्रसाद भट्टराईको संयोजकत्वमा ११ सदस्सीय समिति बनको छ । त्यस्तै सामाजिक विकास अधिकृत अमृता पाण्डेयको संयोजकत्वमा ६ सदस्सीय प्राविधीक उप समिति वनेको छ भने स्वास्थ्य प्राथमिक उपचारका लागी स्वास्थ्य संयोजक खुविराम खनालको संयोजकतत्वमा ५ सददस्सीय स्वास्थ्य उप समिति गठन भएको समेत प्रवक्ता चौधरीले बताउनु भयाे । खेलकुदमा सहभागि हुनको लागि सबैलाई आग्रह गरिएको नगर प्रमुख श्रेष्ठले आग्रह गर्नु भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट