१९ बैशाख २०८१, बुधबार

पश्चिम नवलपरासीमा ३ लाख बराबरको अवैध मालसामान बरामद

उर्मिला यादव माघ १५
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज बिहीबार भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३ लाख ८ हजार मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाँउपालिका वडा नम्बर ं.२ गोपालपुर बाट बरामद गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी २ लाख ८५ हजार बराबरको ढोकामा लगाउने पर्दाको कपडा (५७० मिटर) र २३ हजार मुल्य बराबरको हुक डोरी ( २३० पिस) प्रहरी टोलीले बरामद गरेको हो । उक्त सामान मोटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएका सम्पुर्ण सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट