२२ बैशाख २०८१, शनिबार

गर्भवती गाई हत्या गर्ने आराेपीलाई कार्यवाही गर्न माग

नेपालगन्ज। ५ महिनाकी गर्भवती गाईको हत्या भएको खबर बाहिर आएपछी राष्ट्रिय एकता अभियानले सो को विरुद्धमा नेपालगंजमा प्रदर्सन गरेको छ । अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको सो प्रदर्शनमा हत्यारालाई कार्यवाहीको माग गरिएको छ।

अध्यक्ष यादब गौहत्याले हिन्दु समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने र धार्मिक सहिष्णुतामाथी प्रहार गरेको बताए ।

अभियानले सो जघन्य कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई तुरुन्त र कडा कानुनी कारबाहीको माग गरेको छ।

साथै, अभियानले हिन्दू समुदायको आस्था र भावनामा जानीजानी प्रहार गरिएकोले सो घटनालाई देशैभरी जारी जिहादको एक अंगका रूपमा रहेको समेत दावी गर्दै जिल्ला प्रशाशन कार्यालय पुगी अपराधीलाई कार्यवाही को मांग गर्दै प्रमुख जिल्ला अधिकारी श्रावण कुमार पोखरेललाई ज्ञापन पत्र समेत बुझाएको छ।
अभियानका बाँके जिल्ला संयोजक राजकुमार रौनियार द्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा हामी, राष्ट्रिय एकता अभियानले नेपालको हिन्दू भावनामाथि बारम्बार भइरहेको जिहादी हमला सम्बन्धमा तपाईंको ध्यानाकर्षण गराउन चाहन्छौं। नेपालगन्ज वड़ा नंबर १४ मा भर्खरै ५ महिनाकी गर्भवती गाईको हत्या भएको खबर आएको छ । यो कार्यले हिन्दू समुदायको धार्मिक आस्थामा चोट पुर्‍याउने मात्र होइन, हाम्रो धार्मिक सहिष्णुताको भावनामा पनि प्रहार भएको देखिन्छ ।

यस जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तुरुन्त र कडा कानुनी कारबाही गर्न हामी आग्रह गर्दछौं। यो घटनालाई नजरअन्दाज गर्न सकिँदैन, किनकि यसले हाम्रो देशको हिन्दू आस्थामाथि ठाडो प्रहार गरेको छ ।

साथै, यो घटनालाई हिन्दू समुदायको आस्था र भावनामा जानीजानी प्रहार भएकोले यसलाई देशैभरी जारी जिहादको एक अंगका रूपमा लिन अनुरोध गर्दछौं।

हामी कानूनलाई कायम राख्न र हाम्रो समाजको धार्मिक सद्भावको रक्षा गर्ने तपाईंको प्रतिबद्धतामा विश्वास गर्छौं। यस मामिलामा तपाईंको द्रुत कार्यले न्याय मात्र प्रदान गर्दैन, यसले हाम्रो जिल्लाको हिन्दू समुदायलाई पनि सुरक्षाको आश्वासन दिन्छ।भनिएको छ। ज्ञापन पत्र बुझाउने क्रममा नगर का अन्य हिन्दुवादी संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट