२२ बैशाख २०८१, शनिबार

भारतको विदेशी मुद्रा सञ्चिति बढेर साढे छ सय बिलियन अमेरिकी डलर नजिक पुग्यो

काठमाडौँ । भारतको विदेशी मुद्रा विनिमय (विदेशी मुद्रा) सञ्चिति बढेर करिब साढे छ सय बिलियन अमेरिकी डलर पुगेको छ । मार्च २२ को समाप्त हप्तामा १३९ मिलियन अमेरिकी डलरले सञ्चिति बढेर ६४२.६३१ बिलियन डलर पुगेको हो ।

देशको केन्द्रीय बैङ्क, भारतीय रिजर्भ बैङ्क (आरबीआई) द्वारा जारी गरिएको तथ्याङ्कमा यसबारेमा उल्लेख गरिएको छ । यो लगातार पाँचौँ हप्तामा पनि बढेको हो ।

गत सातामा विदेशी मुद्रा सञ्चिति ६४२.४९ अर्ब डलर रहेको थियो । आरबीआईको साप्ताहिक तथ्याङ्कले सुनको सञ्चिति ३४७ मिलियन डलरले बढेर ५१ अर्ब ४८७ अर्ब डलर पुगेको जनाएको छ भने विदेशी मुद्रा सञ्चितिको प्रमुख घटक विदेशी मुद्रा सम्पत्ति १२३ मिलियन डलरले घटेर ५६८.२६४ अर्ब डलर पुगेको आरबीआईको साप्ताहिक तथ्याङ्कले देखाएको छ ।

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य ८३.३१ र ८३.४० को बीचमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट