१५ बैशाख २०८१, शनिबार

आयरल्याण्ड उल्भ्ससँग आज दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं : नेपालले आयरल्याण्ड उल्भ्ससँग मंगलबार दोस्रो ट्वान्टी-२० खेल खेल्दैछ। खेल दिउँसो १ बजेकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड उल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्याण्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो ।

नेपाल ‘ए’ ले आयरल्याण्ड उल्भ्ससँग पाँच ट्वान्टी-२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ। शुरुका दुई ट्वान्टी-२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले र बाँकी खेल विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ।

आयरल्याण्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो। नेपाल ‘ए’ले यसअघि क्यानडा-११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट