२२ बैशाख २०८१, शनिबार

ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याएर छाड्छौं : राष्ट्रपति सी

काठमाडौं । चिनियाँ कम्युनिस्ष्ट पार्टी (सीपीसी) का महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउने बताएका छन् । आइतबार बेइजिङमा सुरू भएको पार्टीको २० औं महाधिवेशनलाई सम्बोधन गर्दै सीले चीनको पुनर्एकीकरण गरिछाड्ने प्रतिबद्धता जनाएका हुन् ।

‘हामी पृथकतावादी आन्दोलन रोक्न हामी आवश्यक सबै उपायहरू अपनाउने छौं । त्यसका लागि बल प्रयोग गर्ने कुरालाई त्याग्ने छैनौं’, उनले करिब २३ सय पार्टी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भने । सीले उक्त भाषण गरिरहँदा ग्रेट हल अफ द पिपुलमा ताली बजेको थियो ।

उनले ताइवान समस्या समाधान गर्न पार्टी आफ्नो रणनीतिमा अडिग रहनुपर्ने र राष्ट्रलाई एकताबद्ध बनाइराख्न सबै प्रतिबद्ध रहनुपर्ने बताए । उनले ताइवानका नागरिकसँग आर्थिक र सांस्कृतिम आदान प्रदानलाई कायम राख्दै त्यहाँका नागरिकलाई सम्मानजनक ढंगले व्यवहार गरिने बताए ।

राष्ट्रपति सीले ताइवानको विषयलाई लिएर पश्चिमा मुलुकहरूबाट भइरहेका गतिविधिलाई संकेत गर्दै ‘ताइवान चिनियाँ जनता आफैंले निर्णय गर्ने विषय भएको’ बताए ।

सीपीसीको २० औं राष्ट्रिय महाधिवेशन राजधानी बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा आइतबार सुरू भएको छ । एक हप्तासम्म चल्ने महाधिवेशनले विश्वको उदीयमान शक्तिशाली मुलुक चीनको शासन चलाउने कम्युनिस्ट पार्टीको राजनीतिक र सैन्य नेतृत्व चयन गर्नेछ भने आगामी पाँच वर्षमा गरिने योजनाहरू तय गर्नेछ ।

महाधिवेशनको उद्घाटन सत्रलाई पार्टी महासचिव सी जिनपिङले सम्बोधन गरेका छन् । सीले गरेको पौने दुई घण्टा लामो सम्बोधनमा गएको पाँच वर्षमा प्राप्त उपलब्धी र आगामी पाँच वर्षमा गरिने कामहरूको फेहरिस्त पेस गरेका छन् ।

उनले १९औं र।ष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अन्तिम प्लेनमले पारित गरेको राजनीतिक प्रतिवेदन उद्घाटन सत्रमा पेश गरिसकेका छन् ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट