१४ बैशाख २०८१, शुक्रबार

चिनियाँ दमन अर्थात् तियानमेन नरसंहार

३३ वर्षअघि, सन् १९८९ को जुनमा चीनको तियानमेन चोकमा भएको एउटा रक्तपातपूर्ण राजनीतिक नरसंहार। जसलाई, दशककै सबैभन्दा ठूलो क्रुर दमनको महिनाका रुपमा विश्वले स्मरण गर्ने गरेको छ। जुन दिन, राजनीतिक सुधारको मागसहित बेइजिङको तियानमेन स्क्वायरमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हजारौं चिनियाँ विद्यार्थीमाथि सैनिक ट्याङ्क कुदाइएको थियो। तियानमेन स्क्वायरमा रगतको भेल बगेको थियो।

तीन दशक यता अमेरिका लगाएत पश्चिमा मुलुकले तियानमेन स्क्वायरमा भएको यो नरसंहारलाई लिएर चीनका विरुद्ध अन्तर्राष्ट्रिय मानवअधीकार मञ्चमा प्रश्न उठाइरहेका छन्। तर, बेइजिङले आजसम्म वास्तविक तथ्याङक सार्वजनिक गरेको छैन। चीन सरकारले एकतर्फी रुपमा, सन् २०१७ मा सार्वजनिक गरेका केही दस्तावेजलाई आधार मान्ने हो भने उक्त दमनमा एकै रातमा १० हजारभन्दा बढी चिनीयाँ नागरिक मारिएका थिए। कैंयौं अङ्गभङ्ग भएका थिए। अन्तर्राष्ट्रिय मानवअधीकारवादी संस्थाको दाबी छ– उक्त आम नरसंहारपछि पनि कैयौं वर्षसम्म राजनीतिक सुधारको माग राख्नेलाई सेनाले खोजीखोजी मारेको थियो। त्यसैले अहिले पनि अन्तर्राष्ट्रिय समुदायले चीनद्वारा सार्वजनिक सन् २०१७ को तथ्याङ्कलाई मिथ्या भनिरहेका छन्।कृष्ण तिमल्सिनाकाे रिपाेर्ट

 

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट