१४ बैशाख २०८१, शुक्रबार

पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस मनाइयो


जनकपुरधाम उप–महानगरद्वारा ५ लाखको अक्षय कोष स्थापना
जनकपुरधाम, पुस २७ । जनकपुरधामका पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस जनकपुरधाम उप–महानगरपालिकाले मनाएको छ । आज विहान उप–महानगरपालिकामा स्मृति दिवस मनाइएको छ ।
पत्रकार सिंह प्रति श्रद्धासुमन अर्पण गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको प्रति दुःख व्यक्त गरेका थिए । उनले पत्रकार सिंहको विभत्स हत्या हुनु जनकपुरधामको लागि दुर्भाग्यपूर्ण रहेको बताएका थिए । उनले भने–‘बोल्नमा निडर, भयरहित पत्रकारको रुपमा चिनिएका पत्रकार सिंहको विभत्स हत्या दुर्भाग्यपूर्ण हो । समाजले धेरै ठूलो नोक्सानी बेहोर्नु परेको छ ।’
उनले पत्रकारहरुकालागि गत बर्ष घोषणा गरिएको पाँच लाखको अक्षय कोष यस बर्ष देखि विधिवत रुपमा सञ्चालनमा आएको हो जसवाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारहरुलाई पुरस्कृत गरिने बताए । उनले आज देखि एउटा नयाँ सृखलाको शुरुवात भएको बताए ।
पत्रकार सिंह पत्रकारिता क्षेत्रमा इतिहास रचेको बताउँदै उनले जनकपुरधाम उप–महानगरपालिका गर्व महशुस गरेको बताए ।

कपिलवस्तु टाइम्स २७ पुष २०७७, सोमबार १४:५५

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस