२३ बैशाख २०८१, आईतवार

बाबू आमाको आँसु पुछ्दै के.आई नेपाल

कपिलबस्तु, माघ ११ । चेलीबेटी बेचबिखन राेकन कृष्णनगर सिमामा भारत हुँदै तेस्राे मुलक जाने सैयाैं युवती हरु घर फर्काउन सफल संस्था केअाई नेपाल महत्त्वपूर्ण भुमिका खेल्दै अाएकाे छ ।
त्यसै क्रममा छोरी शहर बसेर पढाए पछि ठुलो मान्छे बन्ने भन्ने ठुलो सपना बोकेको थिए छोरीले त मेरो सपनालाई भताभुङ्ग बनाईदिईन पीडितका बाबुले रुदै बताए ।
दाङ घर भएकी १८ बर्ष कि माया चौधरी (नाम परिबर्तन) गाउँमा उच्च शिक्षा नभएको कारण घोराहीमा बसेर पढ्ने निर्णय गरिन उनको निर्णय अनुसार बुबा आमाको पनि ठुलो रहर छोरी बजार बसेर पढे पछि ठुलो मान्छे बन्छे तर बिडम्बना छोरिले ती आमा बाबुको सपनालाई वास्ता नगरी भारत बलरामपुरको एक जना पुरुष सङ्ग बिबहा गर्ने भनेर जाँदै गर्दा केआई नेपाल कृष्णनगर र नेपाल प्रहरिले उद्धार गरेको छ ।उद्धार पश्चात् निजहरुलाई अनुसन्धान तथा सोधपुछ गर्ने क्रममा केही महिना अगाडि देखि फेसबुकमा चिनजान भएको र बिबहा गर्ने उदेश्यले जान लागेको निज किशोरिले बताईन आवाश्यक छलफल तथा सोधपुछ पछि निज चेलिको अभिभाबकलाई जानकारी दिए पछि आफुहरु छागा बाट खसे जस्तो भएको बताउनु भयो ।
आवस्यक प्रक्रिया पुर्याई निजलाई अभिबाबकको साथमा पुनर्मिलन गराउन सफल भएको केआई नेपाल का जिल्ला सयोजक केसर बिशकर्मा ले बताउनु भयो । बिश्वकर्माका अनुसार अर्कि नवलपरासी मध्यबिन्दु नगरपालिका बस्ने सीता परियारलाई नाम परिबर्तितलाई पनि उद्घार गरेको छ निज चेलिको श्रीमानको अकस्मात मृत्यु पछि सहारा कोहि नभएको भन्दै भारत तर्फ जान लागेकी थिईन भारत कहिलेही नगएकी निज चेलीलाई भाषा समेत नआउने हुँदा उनलाई भारत जादा आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै उद्धार गरिएको छ

१२ माघ २०७४, शुक्रबार ११:२३

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

सम्पादकीय

सबै हेनुर्होस