१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीको स्वास्थ्य लाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छिन् । ​कोविन्दको आज मुटुको सफल शल्यक्रिया सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् ।

मंगलबार साँझ राष्ट्रपति भण्डारीले ट्वीटरमार्फत भनेकी छिन्, ‘भारतका महामहिम राष्ट्रपति श्री राम नाथ कोविन्दको आज मुटुको सफल शल्यक्रिया सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै शीघ्र स्थ्यलाभको कामना गर्दछु ।’
कोविन्दको दिल्लीस्थित एम्स अस्पतालमा मुटुको सफल शल्यक्रिया भएको हो । उनी विगत ५ दिनयता अस्पताल भर्ना थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट