१४ बैशाख २०८१, शुक्रबार

पश्चिम नवलपरासीमा १ लाख ७६ हजार बराबरको ६ वटा बाख्रा र अवैध मालसामान बरामद

उर्मिला यादव यात्री
फागुन १६
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको जिल्लाको बिभिन्न स्थानबाट करीब एक लाख ७६ हजार ९ सय ७६ रुपैया मुल्य बराबरको ६ वटा बाख्रा र बिभिन्न मालसामान बरामद गरेको छ ।
प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले आइतबार भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको ६ वटा बाख्रा पाल्हीनन्दन गाँउपालिका वडा नम्बर १ झरहीखोलाबाट बरामद गरेको हो । उक्त बाख्रा मानिसले डोरीमा बाधी डोरयाउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि बाख्रा छोडि मानिस भागेको प्रहरीले जनाएको छ । बरामद भएका बाख्राको प्रति गोटा ९ हजारका दरले अन्दाजी ५४ हजार मुल्य बराबर रहेको छ भने बरामद भएका बाख्रा आवश्यक कारवाहीको लागि आइतबार नै महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । त्यस्तै गरी ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ५८ हजार ९ सय ७६ रुपैया मुल्य बराबरको पिकअप गाडीको गियर बक्स २ वटा र हरपट्टा सरफ १सय २ किलो पाल्हिनन्दन गाँउपालिका वडा नम्बर २ भक्सीपुर बाट बरामद गरेको जनाएको छ । त्यस्तै गरी ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको करीब ६४ हजार मुल्य बराबरको २ वटा बोरामा ६४ सेट कुर्था सुरुवालको कपडा बर्दघाट नगरपालिका वडा नंम्बर ४ त्रिवेणी चोक बाट बरामद गरेको छ । बरामद भएका सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनु भयो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट