१४ बैशाख २०८१, शुक्रबार

व्यक्तिगत प्रतिशाेधकाेे शिकार वैज्ञानिक बन व्यवस्थापन निति खारेजी : संयोजक तिवारी

कपिलवस्तु , माघ २४ । साझेदारी वन व्यवस्थापन समितिले वनकाे वैज्ञानिक ब्यवास्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाे छ ।
कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिले आज आयाेजना गरेकाे अन्तर्क्रिया तथा साधारणसभा कार्यक्रममा समितिका संयाेजक गंगेशनाथ तिवारीले वैज्ञानिक बन व्यवस्थापनमा साझेदारी समितिहरुले उल्लेखनीय याेगदान पुर्याउदै आएकाे छ। राज्यकाे वर्तमान राजनितिक अवस्थाले साझेदारी बन व्यवस्थापनलाई उथलपुथल गर्न माघ ११ गते वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेपछि वन व्यवस्थापनमा समस्या थपिएकाे संयाेजक तिवारीले बताउनुभयाे ।
कुल १८ गाविसमध्ये प्रत्येकदिन ३/३ गाविस गरि छ दिनसम्म चलेकाे अन्तर्क्रियामा वैज्ञानिक वन व्यवस्थापनकाे महत्व र अावश्यकता तथा हाल सरकारले खारेजकाे नितिका बारेमा केन्द्रित रहेकाे थियाे ।
अार्थिक बर्ष ०७०/७१ देखि ०७६/७७ सम्म कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिले दर्जनौं गाउंका अतिक्रमित क्षेत्र खाली गराइ १९५ हेक्टर बनक्षेत्र थप विस्तार गरिएकाे छ । कुल ५०८७ हेक्टरमा फैलिएकाे बनलाई अहिलेपनि विस्तार गर्ने कार्य भइरहेकाे छ तर निती खारेज भएपछि अन्याेल्ता बढाएकाे छ ।
पहाडका पिंधदेखि तराईकाे सिमासम्मका जनताले वनजन्य उतपाद उपभाेग गर्न पाएकाेले साझेदारी बन व्यवस्थापनका लागि राज्यपनि उत्तरदायी हुनुपर्नेमा उपभोक्ताहरुकाे जाेड थियाे ।
कार्यक्रम समापनमा जसपाका केन्द्रीय सदस्य रविदत्त मिश्रा, शिवराज नगरपालिका वडा १० कि वडाध्यक्ष मन्जु मिश्र लगायत समितिका पदाधिकारी तथा उपभोक्ताहरुकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट