१६ बैशाख २०८१, आईतवार

कलैया युवा विकास क्लब द्वारा रक्तदान कार्यक्रम सम्पन्न

बिरेन्द्र साह
बारा , २२ कार्तिक
कलैया युवा विकास क्लब द्वारा आयोजित बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाराको सदरमुकाम कलैया मा आयोजित सो कार्यक्रममा ८७ जना रक्तदाताहरु रक्तदान गरेका थिए ।उक्त रक्तदान कार्यक्रममा ३ जना महिला सहित ८७ जनाले रक्तदान गरेका थिए ।

कलैया युवा विकास क्लब द्वारा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र​ न ३ क बाट निर्वाचित प्रदेश सभा सदस्य माननीय ज्वाला साह , विशिष्ट अतिथि मा बारा क्षेत्र​ न ३ ख बाट निर्वाचित प्रदेश सभा सदस्य माननीय पारस प्रसाद साह , कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव , बारा का प्रहरी प्रमुख एवंम प्रहरी उपरीक्षक कृष्ण पगेनी , बारा का प्रहरी प्रब्क्ता गौतम मिश्र, गोपाल सेवा समिति बारा का अध्यक्ष जंगबहादुर यादव सहित अन्य को उपस्थिति रहेको थियोे ।

कार्यक्रमको अध्यक्षता क्लब का अध्यक्ष पपु कुमार साह र सन्चालक बिरेन्द्र साह ले गरेका थिए । त्यस्तै उपस्थित साँसद, प्रहरी उपरीक्षक, समाज सेवी , शिक्षक लगायत, कार्यक्रममा बारामा लकडाउनको समयमा जन्ताको हितमा बोलेको एक मात्र पत्रकार साथै अहिले माई टि.भी.मा पनि भन्डाफोरको भन्ने कार्यक्रममा पनि रिपोर्टमा बोन्ले युवा पत्रकार बिरेन्द्र साहलाई सम्मान स्वरुप माया को चिनो प्रदान गरिएको थियो साथै अन्य सन्चाकर्मी लाई पनि माया को चिन्नो प्रदान गरिएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट