१४ बैशाख २०८१, शुक्रबार

लागू अाैषधसहित कृष्णनगरमा एक जना पक्राउ


कपिलबस्तु, कार्तिक ११ । जिल्लाकाे कृष्णनगर नगरपालिका वडा नं.२ रहेकाे बार्डर लिङकगेटबाट लागू अाैषधसहित एकजना समातिएका छन ।
नेपाल-भारत बार्डरमा अवस्थित अस्थायी प्रहरी पोष्ट लिङकगेटमा खटिएका प्रहरीले नियमित चेकिङ्गका क्रममा शंकास्पद लागेपछि खानतलासी गर्दा भारतबाट नेपाल फर्कदै गरेका एकजना व्यक्ति लागु अाैषधसहित पक्राउ परेकाे इलाका प्रहरी कृष्णनगरले जनाएकाे छ।

जिल्ला दाङ घोराही उप-महानगर पालिका वडा नं. १६ पुरानो बसपार्क वस्ने वर्ष १८ को मनोज चौधरीको साथ बाट १४ पत्तामा १५३ ट्याब्लेट, खुल्ला अबस्थामा ४४ ट्याब्लेट गरी जम्मा १९७ ट्याब्लेट र केही ट्याब्लेट फुटेको स साना टुक्रा परेको TRAMOL-50 लेखेको २ पत्ता २० क्याप्सुल, LOPEZ ५ एम्पुल, Phenergan ५ एम्पुल र TRAMADEX ५ एम्पुल लागू औषध फेला परेको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट