१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा नेपाल विश्व हिन्दू महासंघ को संघठन बिस्तार तीव्र

कमलेश चन्द्र गुप्ता

कपिलवस्तु- हिन्दू संस्कृति र हिन्दूहरूलाई एक जुट गर्ने उदेश्यले स्थापित नेपाल विश्व हिन्दू महासंघ कपिलबस्तु शाखाले आफनो संगठन विस्तारलाई तिव्रता दिएको छ ।

लॉकडाउन खुकलो भए पछि नेपाल विश्व हिन्दू महासंघ कपिलवस्तुले सामाजिक र धार्मिक कार्य सगै आफनो संगठन विस्तार गरेको हिन्दू महासंघ कपिलबस्तुका प्रवक्ता लोकराज मिश्रले जानकारी दिनुभयो ।

संगठन बिस्तारको क्रममा आज रिखिराम लोहार को सभापतित्व तथा प्रदेश महासचिव निरन्जन यादव को प्रमुख अतिथ्यमा जिल्लाको कृष्णनगर नगरपालिका वार्ड न.६ भिल्मीमा शैलेश चन्द्र विश्वकर्माको अध्क्षतामा २३ सदस्यीय इकाई समिति गठन गरिएको छ। नेपाल विश्व हिन्दू महासंघ कपिलबस्तु शाखा भिल्मी इकाई समितिको उपाध्यक्षमा राजेश मिश्र, दूधनाथ यादव, सचिवमा कमलेश चन्द्र गुप्ता, सह-सचिवमा राजकुमार यादव, सलाहकारमा रिखीराम लोहार,प्रेम चन्द्र श्रीवास्तव र सदस्यमा राजू विश्वकर्मा ,बुधराम पासवान ,नरेश अग्रहरी,भंडारी कोरी, दिनेश कोरी ,अनरजीत गुप्ता,ओम प्रकाश,अजय पासी, सुनील चौधरी ,धनाई गुप्ता, मंगल यादव ,रमेश मिश्र, नितेश श्रीवास्तव, संजीत मौर्य, सहलाद कोरी, रामकपिल धोबी चयन भएको जिल्ला प्रबक्ता मोतीलाल मिश्रले जानकरी गराउनु भएको छ। यो सँगै नेपाल विश्व हिन्दू महासंघ कपिलबस्तु शाखाले जिल्ला को ३४ गाउमा इकाई समिति गठन गरीसकेको प्रबक्ता मिश्रले बताए।

नेपाल विश्व हिन्दू महासंघले बिश्वभरीका हिन्दूहरूलाई एक साथ जोडन कार्य गरेको प्रदेश नम्बर ५ का महासचिव यादवले बताउनु भयो। सम्पूर्ण हिन्दूहरू एकजुट भई हिन्दुत्वका साथ अगाडि बढ़ने उनले बताए। साथै हाम्रो संस्कृति,संस्कार, चालचलन, रीतिरिवाजलाई सुरक्षा संरक्षणका लागि सबैलाई जागुरुक गर्नु पर्ने उनले बताए। बिहान र साझको समयमा सम्पूर्ण हिन्दूहरूले एकबद्धता जनाउनको लागि जय श्री राम को नारा को जयघोष लगाउन महासचिव यादवले आग्रह गर्नु भयो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट